विद्यालयको परिचय
१. विद्यालयको परिचय
(क) ऐतिहासिक पृष्ठभूमि
वि.सं. २०१७ साल वैशाख १ गते बाघ भैरव प्राईमरी स्कुलको नामबाट स्थापना भएको यस बाघ भैरव मा.वि. ले वि.सं. २०३२ सालमा नि. मा. वि.तहको कक्षा ४ ,२०३६ सालमा मा.वि. तहको कक्षा ८ संचालन स्विकृति प्राप्त गरी २०३९ सालको प्रवेशिका परीक्षामा पहिलोपटक ३२ जना विद्यार्थीहरु संमिलित गराई वि.सं.२०६० सालदेखि कक्षा ११ र १२ (साविक उच्च माध्यमिक तह) संचालन गरिरहेको छ ।
(ख) भौगोलिक अवस्था
सिन्धुपाल्चोक जिल्लाको दक्षिण पूर्वी क्षेत्र, काभ्रेपलान्चोक जिल्लाको सिमानासँग जोडिएको सुनकोशी गाउँपालिका वडा नं. १ ठोकर्पामा अवस्थित यस विद्यालयको सेवा क्षेत्र भौगोलिक रुपमा दुई जिल्लामा पर्दछ । अरनिको राजमार्गको ६७ किलोमिटरमा अवस्थित सुकुटे बजारबाट पक्की पुल तरेर ९ किलोमिटर कच्ची मोटरबाटो पार गरेपछि यस विद्यालयमा पुगिन्छ ।
(ग) विद्यालय रहेको समुदायको बनोट तथा विद्यालय सेवा क्षेत्र ः
यस विद्यालको सेवाक्षेत्र भित्र ब्राह्मण ,क्षेत्री ,दमाई, कामी, सार्की, पहरी, तामाङ, मगर, माझी, भुजेल आदीको बसोबास रहेको छ भने हिन्दु धर्माबलम्बीको बाहुल्यता रहेको छ । बिभिन्न जातजातिहरुले आआफ्ना संस्कृती अनुसार दशैं, तिहार, ल्होसार, माघेसंक्रान्ती साउने संक्रान्ती, जनै पूर्णिमा, तिज, फागुपूर्णिमा जस्ता पर्वहरु मनाउँदै आएका छन् धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतालाई कायम राख्नका निमित्त आफ्नो अािर्थक अवस्थालाई हेरी मनोरञ्जन मूलक एवं परम्परा कायम राख्नका निमित्त आर्थिक खर्च गर्ने सोचको विकास हुदै गएको छ । चाडपर्व मनाउने नाममा बिकृति तथा बिसंगति देखिएको छैन् ।
विद्यालयको माध्यमिक तहको सेवाक्षेत्रको रुपमा सुनकोशी गाउँपालिकाको वडा नं. १, २ र ३ समेटिएको छ । सुनकोशी गाउँपालिका वडा नं. ३ कालिकाको भने काफल स्वारा, रणदिपटार, ढुङ्गेनी र जगनाथका बालबालिकाहरु अध्ययन गर्दछन् । कक्षा ११ र १२ का लागि सुनकोशी गाउँपालिका वडा नं. ५, सुनखानी, लिसंखुपाखर गाउँपालिका वडा नं. ३ वाफल, काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नं. २ सिन्थली, ३ बेखसिम्ले घर्तिगाउँ र ४ चौवासबाट विद्यार्थीहरु पठनपाठनको लागि आउछन् ।
विद्यालय अवस्थित क्षेत्रको हावापानी मंसिर, पुष र माघ महिनामा हल्का जाडो र अन्य समयमा नेपालको औषत हावापानीसँग मेलखाने खालको मध्यम अवस्थाको हावापानी पाईन्छ । यहाँका मानिसहरुको मुख्य पेशा कृषि रहेको छ भने व्यापार, व्यवसाय, नोकरी र बैदेशिक रोजगारीमा समेत मानिसहरु संलग्न रहेका छन् । यहाँका मानिसहरुका वर्तमान आम्दानीका श्रोतहरु भने पशुपालन, नोकरी, वैदेशिक रोजगार, निर्माण सम्बन्धी दक्षता मूलक कार्य रहेका छन् । समयानुसार तरकारी खेती र फलफुल खेतीबाट समेत आम्दानी गरेको देखिन्छ ।
(घ) विद्यालयमा सञ्चालित कार्यक्रम
यस विद्यालयमा बालविकास देखी कक्षा १२ सम्मको कक्षाहरु नियमित सञ्चालन भइरहेका छन् । बालविकास, आधारभूत तह (१८) र माध्यमिक तह (९१२) कक्षाहरु सञ्चालित छन् । विद्यालयमा त्रैमासिक तथा वार्षिक परीक्षाहरु, अतिरिक्त क्रियाकलाप, निरन्तर तथा आवधिक विद्यार्थी मूंल्याङ्कन, स्वास्थ्य तथा पोषण, विद्यालय नर्स कार्यक्रम ,सुनौलो भविश्यको लागि शिक्षा, महिनावारी व्यवस्थापन, द्धन्द व्यवस्थापन, विपद् व्यवस्थापन, मनोसामाजिक विमर्श, बिपद व्यवस्थापन, विद्यार्थी प्रगती विवरण प्रक्षेपण, प्रमाणपत्र वितरण, भौतिक निर्माण तथा मर्मत सम्भार, अनौपचारिक शिक्षासँग सम्बन्धित अनुगमन कार्य, विशेष शिक्षा, अभिभावक भेला तथा सचेतीकरण, बाल क्लव गठन, जुनियर रेडक्रस,स्काउट परिचालन र स्थानीय निकायसँगको समन्वयात्मक कार्यहरु निरन्तर रुपमा गरिएको छ ।
२. विद्यालयको दूरदृष्टि
सेवाक्षेत्रका सम्पूर्ण बालबालिकालाई उपयुक्त उमेरमा विद्यालयमा ल्याई समाज र राष्ट्रको आवश्यकता पुरा गर्ने युग सापेक्ष विश्व परिवेश अनुकूल कर्तव्यनिष्ठ, दक्ष, इमान्दार, नैतिकवान, धार्मिक सामाजिक तथा सांस्कृतिक मर्यादा पालना गर्ने, राष्ट्रप्रति समर्पित जनशक्ति तयार गर्नको लागि बालमैत्री एवं शिक्षकमैत्री विद्यालय निर्माण गर्ने विद्यालय समुदाय सम्बन्ध प्रगाढ बनाउने शिक्षाको नवीनतम चिन्तन आत्मसात गर्दै प्राबिधिक धार सञ्चालन गर्ने र भौतिक एवं प्रविधियुक्त सुविधा सम्पन्न राष्ट्रिय स्तरको नमुना विद्यालयका रुपमा स्थापित गर्ने ।
३.उद्देश्य
- १.सेवा क्षेत्र भित्रका सबै बालबालिकालाई उपयुक्त उमेरमा विद्यालयमा भित्र्याउने ।
- २.व्यवहारिक तथा जीवनोपयोगी शिक्षामा जोड दिने ।
- ३.बालमैत्री, शिक्षकमैत्री, प्रविधिमैत्री, भौतिक पूर्वाधारयुक्त विद्यालय निर्माणमा जोड दिने ।
- ४.विद्यालय र समुदाय बीचको सम्बन्धलाई सुमधुर बनाउने ।
- ५.प्राविधिक शिक्षा सञ्चालन गर्ने ।
- ६.सेवा क्षेत्र भित्रका सबै बालबालिकालाई उपयुक्त उमेरमा विद्यालयमा भित्र्याउने ।
- ७.व्यवहारिक तथा जीवनोपयोगी शिक्षामा जोड दिने ।
- ८.बालमैत्री, शिक्षकमैत्री, प्रविधिमैत्री, भौतिक पूर्वाधारयुक्त विद्यालय निर्माणमा जोड दिने ।
- ९.विद्यालय र समुदाय बीचको सम्बन्धलाई सुमधुर बनाउने ।
- १०.प्राविधिक शिक्षा सञ्चालन गर्ने ।
- ११.विद्यालय प्रशासन तथा व्यवस्थापनमा विशेष सुधार गरी नतिजा उन्मुख बनाउने ।
- १२ विद्यालयहरु बीच गुणस्तरीय शिक्षा प्राप्तीमा स्वच्छ प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने
- १३.विद्यालयको आन्तरिक सक्षमतामा आमूल परिवर्तन गरी चौतर्फी विकासमा तीव्रताप्रदान गर्ने ।