२०७७ मंसीर १७ गतेदेखि विद्यालयमा औपचारिक पठनपाठन संचालन हुने
श्री सम्पूर्ण अभिभावक एवंम सरोकारवालाहरु,
मिति २०७७/०८/१२ गते यस विद्यालयमा बसेको औपचारिक पठनपाठन सम्बन्धी भेलाबाट मिति २०७७ मंसीर १७ गतेदेखि विद्यालयमा औपचारिक पठनपाठन संचालन हुने व्यहोरा सबै अभिभावक एवंम सरोकारवालाहरु मा सूचित गरिन्छ। पठनपाठन क्रियाकलाप निम्नानुसार संचालन गरिने व्यहोरा जानकारी गराइन्छ।
तपशील
१. विद्यालयमा दुईओटा बालविकास केन्द्र रहेकोले हालको लागि उमेरलाई आधार मानी वाल
विकास केन्द्र पहिलेका विद्यार्थी हरुलाई विद्यालयमा नल्याउने तर दोश्रो (LKG) लागि बोलाउने
२. कक्षा १ देखि कक्षा ७ सम्म पहिलो सिफ्ट कायम गरी बिहान १०.०० बजे देखि १.१५ सम्म
पठनपाठन गर्ने,
३. कक्षा ८ देखि कक्षा १२ सम्म दोश्रो सिफ्ट कायम गरी १.२० देखि ४.२० सम्म पठनपाठन
गर्ने,
४. निम्नानुसार कक्षाहरुलाई निम्नानुसार सेक्सन कायम गर्ने,
क) एल के जी एक सेक्सन
ख) कक्षा १देखि ५ सम्म
कक्षा – ४ मा – २ सेक्सन ( जोर बिजोर रोल नं. का आधारमा)
कक्षा – ५ मा – २ सेक्सन ( जोर बिजोर रोल नं. का आधारमा )
ग) कक्षा – ६– ८ मा ३/३ ओटा सेक्सन
क्रमश –१,२,३ गरी रोल नं. बाट सेक्सन कायम गर्दै लगिएको ( जस्तै
१,४,७,१०....... एक सेक्सन हुने)
घ) कक्षा ९,१०,११,१२ मा
–२/२ ओटा सेक्सन तर विषयगत हुने गरी
५. विद्यालय बाट पूर्व वितरित मास्क अनिवार्य लगाएर आउनुपर्ने र सेनिटाइजरको प्रयोग गरी
आधारभूत स्वास्थ्य मापदण्ड कायम राख्न स्वयम् विद्यार्थी र अभिभावक सचेत रहनु पर्ने,
प्र. अ. तथा विद्यालय परिवार
बाघ भैरव मा. वि.
सुनकोशी – १, ठोकर्पा